रवि प्रकरण : प्रहरी प्रमुख कुँवरलाई मानवअधिकार आयोगले बोलायो

लोकपथ
238
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा पुर्‍याइएको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी प्रमुख (आईजीपी) बसन्त कुँवरसँग छलफलका लागि बोलाएको छ ।

मंसिर १९ गते राति चीतवनबाट लामिछानेलाई हतारहतार पोखरा पुर्याइएको थियो । भोलिपल्ट लैजाने तयारी गरिएकोमा सुरक्षाको कारण देखाउँदै लामिछानेलाई रातारात स्थल मार्गबाट पोखरा चितवनबाट पोखरा पुर्‍याइँदा मानवअधिकारको हनन भएको भन्दै प्रहरीमाथि प्रश्न उठेको छ ।

लामिछानेलाई रातारात पोखरा पुर्‍याइएको विषयमा सत्यतथ्य बुझ्न प्रहरी प्रमुखलाई आज छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले लोकपथलाई जानकारी दिए ।

‘चौतर्फी त्यस विषयमा प्रश्न उठेपछि हामीले सम्बन्धित व्यक्तिलाई नै बोलाएर त्यसबारेमा छलफलका लागि बोलाएका छौँ,’ पोखरेलले लोकपथसँग भने, ‘उहाँहरु केहीबेरमा आउनुहुन्छ होला ।’

लामिछानेलाई सो दिन अबेरसम्म बयान लिएको र प्रहरीले नै सुत्न जान भनेको तर केहीबेरमा उठाएर राति १२ बजे पोखराका लागि हिँडाइएको थियो । लामिछानेका अनुसार एक प्रहरी अधिकारी मदिरा सेवन गरेर आफूलाई बोलाउन आएको समेत आरोप लगाएका छन् ।

यता चितनव प्रहरीले भने लामिछानेले भनेजस्तो आफूहरुले कुनै अमानवीय व्यवहार नगरेको स्पष्टीकरण दिएको छ ।

यो पनि…
चितवन प्रहरीले भन्यो– ‘हिरासतमै नलगी आफन्त भेटघाट कक्षबाट रविलाई पोखरा लगिएको हो’

चितवनबाट रातारात पोखरा पुर्‍याइएपछि रविमाथि बढ्दै सहानुभूति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?