काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्बन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गरेका छन् । सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको विरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरे । उनले नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री नेपालले प्यालेस्टाइनीमाथि इजरायलको क्रूरता निन्दनीय रहेको बताए । उनले नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्ने बताए ।
अध्यक्ष नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भर्त्सनायोग्य रहेको बताए । गाजा-प्यालेस्टाइन युद्ध सुरु भएको १४ महिनापछि सोमबार (आज) बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान सुरु गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया