काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चलचित्रका माध्यमबाट नेपाली समाजमा बालविवाह रोक्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा १२औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बालविवाह कानुनले प्रतिबन्ध लगाइकेको भए पनि समाजमा अझै भइरहेको बताए । बालविवाह रोक्नको लागि सिनेमाबाट जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए । उनले सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्ने बताए ।
उनले भने, ‘बालविवाह कानुनले प्रतिबन्ध लगाइसक्यो । कानुनले प्रतिबन्ध लगाइसके पनि समाजमा चलिरहेको छ । कतिपय कुराहरु सामाजिक परम्पराअनुसार पनि हुन्छ । समाजमा रोकिएको छैन तर कानुनले प्रतिबन्ध लगाइसकेको छ । चलचित्रहरुमार्फत हामीले बालविवाहसम्बन्धी जनचेतना फैल्याउँनु पर्छ । सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया