एमालेले दानमा पाएको जग्गासम्बन्धी विवादको पेसी न्यायाधीशद्वय श्रेष्ठ र ढुङ्गानाको इजलासमा

लोकपथ
161
Shares

काठमाडौं । पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङबाट सत्तारुढ दल नेकपा एमालेले दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा तोकिएको छ ।

व्यवसायी गुरुङले एमालेलाई दानमा जग्गा दिएपछि त्यसविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेत श्यामकृष्ण मास्के र अर्जुन थापाले एमाले र भाटभटेनीका सञ्चालक गुरुङलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । लामो समयदेखि यो मुद्दाको पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएकोमा आज मंगलबार पनि रिटको पेसी तोकिएको हो ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौंको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए । त्यसै दिन प्रधानमन्त्री केपी शर्मा ओली दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए । सो जग्गामा गुरुङले सुविधा सम्पन्न भवन बनाएर आगामी दसैँमा हस्तान्तरण गर्ने घोषणासमेत गरेका थिए ।

उक्त रिट निवेदनलाई कात्तिक १ मा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न नमिल्ने भन्दै दरपिठ गरेका थिए । ‘निवेदकहरूको हक दैया स्थापित हुन नसक्ने’ लगायतका तर्क रजिस्ट्रारले गरेका थिए । रजिस्ट्रारको दरपिठ आदेशविरुद्ध निवेदकहरू इजलासमा रिट निवेदन लिएर गएका थिए । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रजिस्ट्रारको दरपिठ आदेशलाई बदर गरी रिट निवेदन दर्ता गर्न आदेश दिएको थियो । ‘निवेदकहरूको हक दैया स्थापित हुन नसक्ने’ लगायतका तर्क रजिस्ट्रारले गरेका थिए ।

रजिस्ट्रारको दरपिठ आदेशविरुद्ध निवेदकहरू इजलासमा रिट निवेदन लिएर गएका थिए । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रजिस्ट्रारको दरपिठ आदेशलाई बदर गरी रिट निवेदन दर्ता गर्न आदेश दिएको थियो । ‘निवेदनमा उठाइएको विषय सार्वजनिक सरोकारको विवादका रूपमा ल्याइएको देखिएको र यससम्बन्धी निवेदन गर्ने हक दैया निवेदकहरूलाई हुने वा नहुने विषय इजलासको तहबाटै व्याख्या र निरूपण हुनुपर्ने देखिँदा यस अदालतका रजिस्ट्रारबाट २०८१ कात्तिक १ मा भएको दरपिठ आदेश बदर गरिदिएको छ,’ न्यायाधीश श्रेष्ठले गत मंगलबार जारी गरेको आदेशमा उल्लेख थियो ।

दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो । गत कात्तिक १२ मा सत्तारूढ दलले पार्टी कार्यालय बनाउन व्यवसायीसँग दान लिँदा ‘लेनदेन हुन सक्ने’ भन्दै सर्वोच्च अदालतले भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङबाट एमालेले लिने भनिएको जग्गादान तत्कालका लागि नलिन अन्तरिम आदेश दिएको थियो । पोखरेलको एकल इजलासले गरेको अन्तरकालीन आदेशमा ‘क्विड प्रो किओ’ को अवस्था सिर्जन हुन सक्ने भएकाले उक्त जग्गादान तत्कालका लागि रोक्नुपरेको उल्लेख गरिएको थियो ।

ल्याटिन शब्द ‘क्विड प्रो किओ’ को कानुनी अर्थ हुन्छ– फाइदा हुने गरी लेनदेन गर्नु । ‘सत्तामा रहेको दललाई फाइदा हुने, पारदर्शिता नहुने, निर्वाचनलगायत प्रक्रिया प्रभावित भई ‘क्विड प्रो किओ’ को अवस्था सिर्जना हुन सक्ने अवस्थासमेतको आलोकमा सुविधा सन्तुलनको दृष्टिले अन्तरिम आदेशको छलफलबाट टुङ्गो नलागुन्जेलसम्म’ आदेशमा भनिएको थियो, ‘निवेदन दाबीबमोजिम विपक्षीहरूबीच दान लिएको भनिएको १० रोपनी १४ आना जग्गादान लिई हक हस्तान्तरण लगायतको कामकारबाही नगर्नूरनगराउनू ।’ एमालेले केन्द्रीय कार्यालय निर्माणका लागि व्यवसायी गुरुङबाट जग्गा र भवन दानमा लिने निर्णयविरुद्ध परेको रिटको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले उक्त कार्य प्रथम दृष्टिमै कानुनविपरीत देखिएको भन्दै तत्कालका लागि हक हस्तान्तरणमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको थियो । ‘प्रधानमन्त्रीको दलले अर्का विपक्षीसँग जग्गादान लिएको विषय सार्वजनिक चासो र निवेदकजस्ता आमनागरिकसँग सार्थक रूपमा सम्बन्ध जोडिएको विषय हो भन्नेमा अन्यथा मान्नुपर्ने’ नभएकाले पनि लेनदेन हुन सक्ने जोखिम भएको सर्वोच्चको आदेशमा उल्लेख थियो ।

सत्तासीन दलले एक व्यवसायीसँग लिन लागेको दानलाई ‘प्रथम दृष्टिमा नै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३८ ९३० र ३८ ९६० को व्यवस्थाअनुकूल नदेखिएको’ सर्वोच्चको ठहर थियो । सर्वोच्चले एमालेले जग्गा लिनु राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था प्रतिकूल हुनुका साथै यसबाट स्वार्थको द्वन्द्वको अवस्थासमेत सिर्जना हुन सक्नेतर्फ पनि सचेत गराएको छ । एमालेको जग्गादान लिने कार्य राजनीतिक दलसम्बन्धी ऐनकै दफा ३८ ९५० मा भएको ‘आर्थिक सहयोग प्रदान गर्दा दलबाट कुनै आर्थिक वा व्यक्तिगत फाइदा लिने सर्त गरी प्रदान गर्न र त्यस्तो फाइदा दिने गरी दलले सहयोग प्राप्त गर्न हुँदैन’ भन्ने व्यवस्थाको विरुद्ध रहेको पनि अदालतको आदेशमा उल्लेख थियो ।

आदेशमा ‘सत्तामा रहेको दललाई फाइदा हुने, पारदर्शिता नहुने, निर्वाचनलगायत प्रक्रियाहरू प्रभावित भई अनुचित लेनदेनको अवस्था सिर्जना हुन सक्ने’ लेखिएको थियो । एमाले निर्वाचन आयोगमा दलको रूपमा दर्ता भई राजनीतिक रूपमा क्रियाशील रहेकाले राजनीतिक दलसम्बन्धी ऐन, सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन पालना गर्नुपर्ने पनि सर्वोच्चले भनेको थियो । रिट निवेदनमा दान दिने गुरुङ दान लिने एमालेले नेतृत्व गरिरहेको सरकारको नजरमा अभियुक्त रहेको, गुरुङविरुद्ध दुई वटा मुद्दा अदालतमा विचाराधीन रहेको र अदालतबाट दोषी ठहर भएको समेत उल्लेख छ ।

ललिता निवास जग्गा भ्रष्टाचार मुद्दामा दान दिने व्यक्ति दोषी ठहर भएको तथा २ वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानासहित जग्गा जफतको फैसला भएको निवेदनमा उल्लेख छ । ललिता निवास जग्गा भ्रष्टाचारमा २ करोड ४६ लाख रुपैयाँ धरौटी तिरेर मुद्दा खेपिरहेका आरोपीबाट सरकारको नेतृत्व गरिरहेको पार्टीको कार्यालय निर्माणका लागि दान लिनु स्वार्थ बाझिने निवेदनमा उल्लेख छ । ‘सरकारवादी रहेको मुद्दाका आरोपी त्यही सरकार चलाइरहेको एमालेलाई हालको बजार मूल्यअनुसार एक अर्बभन्दा माथिको जग्गा दिनु र एमालेले लिनु स्वार्थ बाझिन्छ कि बाझिन्न रु,’ रिट निवेदनमार्फत प्रश्न उठाइएको छ, ‘ललिता निवासको जग्गा लिएर फिर्ता दिएको भनेर जोगाएका अर्थमन्त्री विष्णु पौडेलसहित सरकार चलाइरहेको पार्टी र एकपल्ट पक्राउ परेर अझै मुद्दा खेपिरहेका मीनबहादुर गुरुङबीच यसरी लेनदेन हुनु अनैतिक मात्रै हुन्छ कि गैरकानुनी पनि हुन्छ रु देशको दोस्रो ठुलो दल सरकारको नेतृत्व गर्ने अनि त्यही दलको प्रधानमन्त्री नै स्वार्थ समूहको प्रभावमा परेपछि कानुनको शासन र सुशासनमा कस्तो असर पर्छ  र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?