रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग

लोकपथ
280
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछाने माथि सरकारले अमानवीय र अन्याय गरिरहेको बताए । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले यस्तो बताएका हुन् ।

उनले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग गरे । उनले कानुनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नुपर्ने बताए । उनले सरकारले लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भए पनि अहिलेसम्म अमानवीय व्यवहार गरिएको बताए ।

उनले अनुसन्धान भन्दै विभिन्न जिल्लामा पुर्‍याउने काम गरेको प्रति आपत्ति जनाए । उनले गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार, प्रहरी र कानुनको दायरामा पर्ने विषय भए पनि एउटा मान्छेलाई गिरफ्तार गरेर जनावरलाई जस्तो व्यवहार गर्नु स्वीकार्य नभएको बताए । उनले लोकतान्त्रिक र प्रजातान्त्रिक व्यवस्थामा अमानवीय व्यवहार स्वीकार्य नहुने बताए । सांसद शर्माले नेपाली कांग्रेस गृहमन्त्री भएको बेलामा न्यायिक निरुपणको विषय स्पष्ट रुपमा हुनुपर्ने बताए ।

उनले सरकारले लामिछानेलाई नियतवस वा जानीजानी मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा पुर्‍याउने काम गरिरहेको बताए । ख उनले लोकलाई लाज हुने गरी अन्यायपूर्ण ढंगले रवि लामिछानेलाई थुनामा राख्न नहुनेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?