गढीमाई मेलामा नेपाल मेडिसिटी वयोधा अस्पतालद्वारा ‘फिल्ड अस्पताल’ सञ्चालन

लोकपथ
63
Shares

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र सिराहास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालको सहकार्यमा नेपाल मेडिसिटी वयोधा अस्पतालले गढीमाई मेलामा ‘फिल्ड अस्पताल’ सञ्चालन गरेको छ । मंसिर १७ गतेदेखि मंसिर २७ गतेसम्म गढीमाई मेला भर्न आउने भक्तजनको स्वास्थ्य चेकजाँचका लागि नेपाल मेडिसिटी वयोधा अस्पतालले ‘फिल्ड अस्पताल’ सञ्चालन गरेको हो ।

यस फिल्ड अस्पतालमा १० शय्या र आकस्मिक उपचार सुविधा उपलब्ध छन् । अस्पतालमा विशेषज्ञ चिकित्सकहरू र स्वास्थ्यकर्मीहरूको टोली २४ सै घण्टा सेवा प्रदान गरिरहेको छ। अहिलेसम्म ६५० भन्दा बढी बिरामीले स्वास्थ्य जाँच गराएका छन्। सामान्य स्वास्थ्य समस्या देखि आकस्मिक उपचारका सुविधाहरू यस फिल्ड अस्पतालमा उपलब्ध छन् 

नेपाल मेडिसिटी वयोधा अस्पतालका चिकित्सक तथा मेडिकल को–अर्डिनेटर डा. मनबोधले भिडभाड भएका क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता पहलहरू अनिवार्य भएको बताए । उनले यस्ता फिल्ड अस्पतालले नागरिकहरूलाई समयमा नै उपचार प्रदान गर्न सहयोग पुर्‍याउने बताए ।

गढीमाई मेलाका श्रद्धालुहरूको स्वास्थ्यलाई ध्यानमा राखी सञ्चालन गरिएको यस फिल्ड अस्पतालले मेलालाई सुरक्षित र स्वास्थ्यमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेको अस्पतालको ठहर छ। फिल्ड अस्पतालको सेवा मेला अवधिभर सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?