काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज बुधबार भएको खेलमा जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले हराएको छ । अहिलेसम्म अपराजित रहँदै आएको जनकपुर बोल्ट्सले आजको खेलमा १२४ रनको सामान्य लक्ष्य पाएपनि ५१ रनमै सीमित हुन पुग्यो ।
जसअनुसार जनकपुर सुदूरपश्चिमसँग ७२ रनले पराजित हुन पुग्यो । सुदूरपश्चिमका बलरको घातक बलिङ सामु जनकपुरका ब्याटर निरिह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ अलआउट भयो । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरलाई अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले २–२ विकेट लिए । सैफ जैब र नरेन साउदले समान १ विकेट लिए । स्कट कुगुलेइनेल बलिङ गरेको पहिदलो बलमै विकेट लिए ।
यसअघि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितको लागि एक सय २४ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाएका थिए । उनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाएका थिए ।
यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाएका थिए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिएका थिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई–दुई विकेट झारेका थिए भने हर्ष ठाकरले एक विकेट लिएका थिए । दुवै टोलीले पाँच पाँच खेल खेलेकोमा दुवैले चार जित र एक हार व्यहोरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया