काठमाडौं । हिमालयन बैंकले चार लाख आठ हजार ५६२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंका संस्थापक शेयर धनीहरूले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर बिक्री गर्ने भएका हुन् ।
बिक्री गर्ने शेयरका लागि जो कोही व्यक्ति, कम्पनी र विभिन्न संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् ।
संस्थापक शेयर धनीहरूले शेयर खरिद नगर्दा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ ।
शेयर खरिद गर्न इच्छुकले आज मंसिर २६ गतेदेखि १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादीमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया