काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति सिर्जना भएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
उनले कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुने दाबी गरे । उनले पुँजीबजार सम्बन्धी नियामक निकायले यस्ता कार्यहरु नजिकबाट नियाल्न आवश्यक रहेको बताए । डा. महतले सीमित व्यक्ति वा समूहको चलखेललाई नियमन नगरे साधारण लगानिकताको जोखिम बढ्ने अवस्था रहेको बताए । उनले बजारका हुने गलत गतिविधि रोक्न सरकारले पहल गर्न आवश्यक रहेको बताए ।
उनले पछिल्लो समय शेयरबजार सीमित व्यक्तिले मात्रै कमाउने ठाउँ बनेको दाबी गरे । उनले अर्थतन्त्रमा केही समस्या रहेको भन्दै वर्तमान सरकारले अर्थतन्त्र सुधारको लागि प्रयास गर्ने विश्वास रहेको बताए । उनले सरकारले विदेशी सहयोगको विषयमा वैदेशिक ऋणको तीतो अनुभव रहेको बताए । उनले आवश्यकताको आधारमा वैदेशिक ऋण दिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया