गढिमाई पञ्चवर्षीय मेलामा यस्तो छ सशस्त्रको सुरक्षा व्यवस्था

लोकपथ
56
Shares

काठमाडौं । बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ ५ सय जना सशस्त्र प्रहरीलार्ई २४सै घण्टा परिचालन गरिएको छ । मंसिर १ गतेदेखि सुरु भएको मेला यही ३० गतेसम्म सञ्चालन हुनेछ ।

उक्त मेलालाई सुरक्षित एवं भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नं. १२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहको कमाण्डमा टोली परिचालन भएको छ भने मेला सुरक्षा योजना नुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमाण्डमा मेला अवधीभरको लागि मेलास्थमा कमाण्ड पोष्ट स्थापना गरिएको छ । मेला सुरक्षार्थ २ वटा तालिम प्राप्त डग परिचालन गरिएको छ ।

मेलामा भिड व्यवस्थापन र निगरानी गर्न ड्रोनको प्रयोग गरिएको छ भने मेला परिसरमा रहेको पोखरीमा कुनै पनि अप्रिय घटना नघटोस् भनी विपद् व्यवस्थापन तालिम प्राप्त टोली रबर बोटसहित २४सै घण्टा तैनाथ रहेको छ । उक्त मेलामा ठुलो संख्यामा भक्तजनहरुको उपस्थिति हुने भएकाले मेला सुरक्षा योजनाअनुसार सशस्त्र बल नेपालले उच्च सर्तकता अपनाउँदै सुरक्षा व्यवस्था थप मजबुत बनाउन मेला अवधीभर परिचालित रहने सशस्त्र प्रहरीका केन्द्रीय सह प्रवक्ता शैलेन्द्र थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?