सात जना सवार जीपको मध्यरात ब्रेक फेल हुँदा…

लोकपथ
133
Shares

काठमाडौं । जाजरकोटमा बुधबार राति भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जीप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा पर्दा नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जीप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेकाअनुसार दुर्घटनामा नलगाड नगरपालिका–३ का १९ वर्षीय जनक थापा र २१ वर्षीय जीवन विक घाइते भएका छन् । ब्रेक फेल भएर दुर्घटना भएको र जीप सडकबाट करिब ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?