काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार भएको पहिलो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो । विराटनगरका लागि स्टक एडवार्डले ४५ रन, लोकेश बमले २६, निकोलस किर्तनले १९ रन र बसिर अहमदले २१ रन बनाए । बलिङतर्फ पोखराका सागर ढकाल र रेमोन रेइफरले २–२ विकेट लिए । यस्तै कुशल भुर्तेल र दिनेश खरेलले १–१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया