सिप्रदी र बीओएससीएच बीच सम्झौता, टाटाका गाडीहरूको मर्मतमा न्यून मूल्यमा उच्च गुणस्तरको सेवा

लोकपथ
112
Shares

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र बीओएससीएच लिमिटेड बीच टाटा कमर्सियल गाडीहरूमा जडान भएका बीओएससीएच एफआईपीहरुका मर्मत तथा सम्भार सम्बन्धी सेवाको लागि सम्झौता भएको हो ।

उक्त सम्झौता पश्चात् अब टाटा कमर्सियल गाडीहरूको एफआईपी सम्बन्धी मर्मत सम्भार कार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकहरूले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरको सेवा उपलब्ध हुने सिप्रदीले जनाएको छ ।

त्यस अवसरमा सिप्रदी ट्रेडिङ्गका उपाध्यक्ष सौरभराज थपलियाले सम्झौताले टाटा कमर्सियल गाडीका ग्राहकहरूलाई एफआईपी मर्मत निश्चित मूल्य र कम लागतमा सेवा प्रदान गर्न सक्षम बनाउनुका साथै सिप्रदी तथा बीओएससीएचको विस्तारित सर्भिस सञ्जालले गर्दा अझ पहुँचयोग्य र किफायती बन्ने विश्वास व्यक्त गरे ।

बीओएससीएच इन्डियाका नेपाल प्रतिनिधि सन्दीप कामतले यस सहकार्यको महत्वलाई उजागर गर्दे सिफारिस नगरिएका तथा नन् जेन्यूइन पार्टपुर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरूले बारम्बार भोग्दै आइरहेका समस्याहरूको दिगो समाधान यस सम्झौताले प्रदान गर्ने बताए । अब उच्च गुणस्तरको सेवा ग्राहकहरूले प्राप्त गर्न सक्ने उनले दाबी गरे ।

यो सेवा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूबाट प्राप्त गर्न सकिने छ । एफआईपी मर्मत सम्बन्धी कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउँदा ग्राहकहरूले निश्चित मूल्यमा मर्मत कार्य पाउनुको साथै गुणस्तरको प्रत्याभूति प्रदान गर्नका लागि कम्पनीले जेन्यूइन पार्ट्सहरुमा ६ महिनासम्मको वारेन्टी सुविधा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?