काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालका तीन वटा नगर समिति पुनर्गठन गरिएका छन् । ललितपुर महानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकाका नगर समिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनले भने, ‘सुरेश डङ्गोलको अध्यक्षतामा १५ सदस्यीय ललितपुर महानगर समिति, गोविन्द यादवको अध्यक्षतामा १३ सदस्यीय बर्दिबास नगर समिति तथा स्वस्तिका राईको अध्यक्षतामा ११ सदस्यीय बेलकोटगढी नगर समिति गठन भएको छ ।’
त्यसै गरी जसपा नेपालले पार्टीका केन्द्रीय नेतालाई सगठन निर्माण अभियानमा खटाएको र प्रत्येक केन्द्रीय नेतालाई पालिका समिति गठन, पुनःगठनको जिम्मेवारी तोकिएको बस्नेतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया