संसद सेवालाई प्रभावकारी बनाउन सचिवालयका कर्मचारीको क्षमता अभिवृद्धि गर्न जरुरी छ : सभामुख घिमिरे

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउनका लागि संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताए । शुक्रबार सिंहदरबारमा १८औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरुको व्यवहारिक, प्राज्ञिक र दार्शनिक ज्ञान अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।

उनले विश्वव्यापी रुपमा देखापरेका चुनौतिहरुको सामना गर्दै अगाडि जान सक्षम पार्नको लागि कर्मचारीहरुको वृद्धि विकास मात्र नभई रचनात्मक ढंगबाट परिचालन गर्न जरुरी रहेको बताए । संघीय संसदको प्रभावकारीताको विषयमा विगतबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताए । उनले देशको राजनीतिक, आर्थिक र सामाजिक स्थितिको सापेक्षता समस्याको मागहरु गर्नुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताए ।

संसद जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने ठाउँ भएकाले मुलुकका विद्यमान समस्या समाधान गर्नको लागि संसद सचिवालयको प्रयत्न प्रभावकारी हुनुपर्ने उहाँको भनाइ छ । वि.सं.२०५८ मा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?