काठमाडौं । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा आचार्य २६६ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी स्मृति ढुङ्गानाले एक सय ९२ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ध्रुव लम्सालले जानकारी दिए । एसोसिएट प्रदेशतर्फ जम्मा ४७१ मत खसेको थियो । जसमध्ये ५ मत बदर भएको छ भने ४६६ मत सदर भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया