महासंघ ललितपुरको अध्यक्षमा कार्की निर्वाचित

लोकपथ
119
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् । 

उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले ६३ मत प्राप्त गरेका निर्वाचन समितिका सदस्य सविन शर्माले जानकारी दिए । 

यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित हुनुभएको छ । सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केशव घिमिरे, शिशिरकुमार लामा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?