काठमाडौं । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम सर्वसम्मत चयन भएका छन् । बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा अन्य उम्मेदवारी नपरेपछि शुक्रबार निर्वाचन समितिले अध्यक्षमा गौतम सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा दलप्रसाद विक र अमृतप्रसाद पौडेल, सचिवमा ठाकुरप्रसाद आचार्य , सहसचिवमा प्रताप बानियाँ र सन्दीप शर्मा रिजाल, कोषाध्यक्षमा साधन राम्जाली मगर, सदस्यमा कमल खत्री र राकेश शर्मा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । केन्द्रीय परिषद् सदस्यमा विनोद शर्मा निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया