नेवार समुदायलाई योमरी बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

लोकपथ
70
Shares

काठमाडौं । योमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषतः नेवार समुदायले मनाउने गर्दछन् । यो दिन विशेष प्रकारको परिकार (योमरी०)बनाएर खाने गरिन्छ । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा)पनि भन्ने गरिन्छ ।

यही दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रुपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने चलन छ ।

धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी,भैलो खेलेझैं बालबालिका, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?