‘उद्योगहरुलाई एक पटक आफ्नो ऋण पुनः तालिकीकरण गर्न पाउने सुविधा दिनुपर्छ’

लोकपथ
63
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योगहरुलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा दिनुपर्ने बताए । शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५औँ साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले उद्योगहरुको ब्ल्याक लिस्टिङ बढिरहेको उल्लेख गर्दै एक पटक सबैलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा नेपाल राष्ट्र बैंकले दिनुपर्ने बताए । उनले युवा पलायन आजको दिनमा ठूलो समस्याको रुपमा रहेको उल्लेख गरे । अध्यक्ष अग्रवालले मौसमअनुकुलताका कारण नेपालका लागि सूचना प्रविधि क्षेत्र प्रचुर सम्भावना भएको महत्वपूर्ण क्षेत्र रहेको बताए ।

साथै उनले सूचना प्रविधिको क्षेत्रमा युवाहरुले राम्रो काम गरिरहेको पनि बताए । युवाहरुको पलायन रोक्न पनि सूचना प्रविधि क्षेत्रमा लगानी प्रवर्द्धन गर्न जरुरी रहेको  बताए । अध्यक्ष अग्रवालले उच्च पहाडी तथा हिमाली क्षेत्रमा डेटा सेन्टर स्थापना गर्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?