सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक छिटै ल्याउँछ : सञ्चारमन्त्री गुरुङ

लोकपथ
42
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखा परेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५औँ साधारण सभामा बोल्दै उनले यस्तो  बताएका हुन् । उनले प्रिन्ट मिडिया र बोर्ड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरु, जनताको सूचनाको प्रत्याभूति गरिरहेको भए पनि अनलाइन मिडियाहरुले अराजकता मच्चाउने काम गरिरहेको बताए । 

उनले संस्कृतिमाथि प्रहार गरेर समाजमा हिंसा भड्काउने काममा अनलाइन मिडिया लागेकाले यसको नियमन अहिलेको पहिलो आवश्यकता भएको बताए । अनलाइन मिडियाको अराजकताका कारण राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको बताए । उनले अनलाइन मिडियाहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भत्काउने काम गरिरहेको पनि बताए ।

मन्त्री गुरुङले साइबर क्राइम नियमन गर्ने ऐन पनि ड्राफ्ट भइरहेको र छिटै मन्त्रीपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?