काठमाडाैं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताएकी छिन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन गर्ने बेला नभएको बताइन् । साथै उनले संविधान संशोधनको बेला नभई उपयोगको गर्ने बेला भएको पनि बताइन् । अहिलेको संविधानले देश विकास नभएको भए अन्य कुनै पनि संविधानले देश विकास गर्न नसक्ने बताइन् । उनले वर्तमान संविधानमा भाषा नमिलेको देखिए पनि सुरुदेखि अन्त्यसम्म सबै कुराले छोएको बताइन् । शासक वर्गको नियति ठिक भए अहिलेकै संविधान राम्रो भएको बताइन् ।
पूर्वन्यायाधीश कार्कीले संविधान आफैँमा पूरा कहिले पनि नहुने बताइन् । उनले शासकलाई राम्रो काम गर्न संविधान बाधक नभएको बताइन् । उनले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानव अधिकारको उल्लंघन भएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया