काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी कार्य योजना र पार्टीका केन्द्रीय सदस्यहरुको कार्य विभाजन छलफल भएको छ ।
शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा आगामी कार्य योजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरुले बोल्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनकाअनुसार पार्टीका केन्द्रीय सदस्यहरुको कार्य विभाजन आइतबार मात्रै हुनेछ ।
आगामी कार्य योजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरूले बोल्ने क्रम जारी छ । आज यसको बारेमा धारणा राख्ने कमरेडहरु जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साहले आज आफ्ना धारणा राखेको बताए । छलफलमा पार्टीको संगठन, पार्टीलाई कसरी सुदृढ बनाउने, आगामी दिनमा आइपर्ने सम्पूर्ण प्रकारका चुनौतीहरू निर्वाचनमा प्रतिस्पर्धा गर्ने कुरा, पार्टीलाई सबल बनाउने, समग्रमा राष्ट्रको हितको प्रतिनिधित्व गर्नका निम्ति आफ्नो राजनीतिक दललाई सशक्त बनाउने विषयमा व्यापक गहिरो छलफल भएको बताए ।
बैठक आइतबारसम्म सञ्चालन हुने पनि जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया