सशस्त्र प्रहरिले पर्साबाट ३० लाख बढीको कपडा बरामद

लोकपथ
21
Shares

काठमाडौं । सशस्त्र प्रहरिले पर्साबाट ३० लाख बढीको कपडा बरामद गरेको छ ।  गए  राती  पर्सा जिल्लाको  वीरगन्ज महानगपालिका-६ लाटगलि बाट ३० लाख रुपैयाँ बढीको कपडा बरामद गरेको हो  ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल  प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक  सुरज रिजालको कमान्डमा खटिएको सुरक्षा फौज र  वीरगन्ज भन्सार कार्यालयबाट  नायब सुब्बा हफिज उल्लाह अंसारी सहितको  संयुक्त टोलिले  भन्सार छलेर  गोदाममा भण्डारण गरी राखिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको हो ।  

बरामद कपडामा कुर्ता सुरुवाल  १ हजार ६ सय २७ पिस , स्काफ  १ हजार ७ सय २२ पिस , सल २ हजार ७ सय ६८ पिस , लेडिज ब्याग, साडी पिन , लङ कोट लगायत रहेको छ । 

आज आइतबार ती सामनको ३० लाख ४९ हजार सात सय मूल्य कायम गरी आवश्यक कारबाहीको लागि  वीरगन्ज भन्सार  कार्यालयमा बुझाएको सह प्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापा  जानकारी दिए   ।

पछिल्लो करिब ९ महिनाको अवधिमा मात्र डिएसपी रिजालको टोलिले पर्साको सीमा क्षेत्र र गोदाम गरी राखिएका करोडौँ मूल्य बराबरका अवैध  सामान बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?