संस्कृतिको जगेर्ना फुटेर होइन, जुटेर गरौँ : उपप्रमुख डंगोल

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन् । आइतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न फुटेर नभई सबै जुटेर अघि बढ्नुपर्ने बताइन् । उनले ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका विभिन्न जातजातिका पर्वहरूको उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

उनले देशभरका विभिन्न जातजातिका पर्वहरूलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताइन्। सांस्कृतिक महत्त्व बोकेका पर्व, जात्रा सँगसँगै बोलिने भाषा र लेखिने लिपीलाई जीवित राख्नु आजको आवश्यकता भएको बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?