छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिन हुँदैन : प्रवक्ता महत

लोकपथ
35
Shares
फाइल तस्बिर

वीरगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिन नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहेका महतले सरकारले कोभिड–१९ पछि लिइएका ऋण तिर्न समस्या भइरहेकाले जभाभावी ऋण लिन नहुने धारणा राखे । उनले विगत पाँच वर्षयता सरकारले लिएको आन्तरिक तथा बाह्य ऋण तिर्न समस्या भइरहेकाले आवश्यकताका आधारमा मात्रै ऋण लिनुपर्ने बताए ।

‘आयोजनाको प्रभावकारिता र प्रथामिकताको आधारमा मात्रै ऋण लिएर प्रतिफल आउने क्षेत्रमा लगानी गर्नुपर्छ । त्यसो गर्न नसकिएको खण्डमा मुलुकमा ऋणको व्ययभार बढ्नेतर्फ सचेत रहन जरुरी छ, ‘प्रवक्ता महतले भने । पूर्वअर्थमन्त्री महतले छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिन नहुने धारणा राखे । ‘विश्व बैंक, एसियन विकास बैंक ९एडीबी० लगायत सस्तो ब्याजदरको ऋण सदुपयोग गरी प्रतिफल केन्द्रित योजनामा लगानी गर्नुपर्छ’, उनले भने, ‘विभिन्न सर्त र प्रावधान राखेर लिने ऋण मुलुकको हितका लागि हुन्छन् वा हुँदैनन् त्यसतर्फ सचेत हुनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?