ब्रिटिस काउन्सिल ‘आईएलटीएस उपहार २०२४’ को विजेता घोषणा 

लोकपथ
49
Shares

काठमाडौं । ब्रिटिस काउन्सिलले ‘आईएलटीएस उपहार सिजन २’ को विजेता घोषणा गरेको छ ।

यस वर्ष दुई मासिक पुरस्कार विजेता र तीन बम्पर पुरस्कार विजेताहरू चयन गरिएको हो। सेप्टेम्बर र अक्टोबरमा दर्ता भएका दुई भाग्यशाली मासिक विजेताहरू मिनर्भा चुनी ओङ्मु कार्की र केशव थापाले एप्पल म्याकबुक एयर प्राप्त गरेका छन् ।

दुई भाग्यशाली विजेताहरु कनिस्का पौडेल र प्रणय शाक्यले टर्किस एयरलाइन्स प्रायोजित युके र अमेरिकाको एकतर्फी टिकट जितेका छन् भने तेस्रो विजेता अनमोल खड्काले ब्रिटिस काउन्सिलद्वारा प्रायोजित अस्ट्रेलियाको एकतर्फी टिकट जितेका छन् ।

सेप्टेम्बर २६ देखि नोभेम्बर ३० बीचको कुनै पनि आएलटीएस परीक्षा दिने र अक्टोबर २०२४ पछि कम्प्युटर परीक्षण मितिहरूमा आईएलटीएसको लागि दर्ता गरी भुक्तानी पूरा गर्ने प्रशिक्षार्थीहरू यस वर्षको प्रस्तावको लागि योग्य थिए । ब्रिटिस काउन्सिलले फेसबुकमार्फत लक्की ड्र प्रक्रिया अन्तर्गत पाँच जना विजेताहरूको नाम घोषणा गरेको थियो ।

काउन्सिलले अभियान अवधिमा सबैभन्दा धेरै दर्ता गर्न योगदान दिने तीन शीर्ष आईएलटीएस साझेदारहरूको उत्कृष्ट प्रयासलाई पनि सम्मान गरेको थियो ।

प्रत्येक साझेदारलाई उनीहरूको समर्थन र आईएलटीएस प्रवर्द्धन गर्न प्रतिबद्धताको लागि प्रशंसाको प्रतीकको रूपमा आईप्याड प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?