सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारीमा कोशी प्रदेश

लोकपथ
35
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने  तयारी भएको बताएका छन् । 

राष्ट्रिय समाचार समिति  कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि आयोजना गरेको तीन दिने क्षमता विकास कार्यक्रमको आज उद्घाटन गर्दै उनले उक्त जानकारी दिएका हुन् । 

सञ्चार प्रतिष्ठान ऐन पत्रकारको क्षमता विकास र सुरक्षामा महत्त्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सरकारबाट भएका विकास–निर्माणका सकारात्मक गतिविधिलाई जनसमक्ष पुर्‍याउने र गल्ती कमजोरीमाथि खबरदारी गर्नुपर्नेमा जोड दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?