रविलाई न्यायाधीशले सोधे : ‘तपाईँ अस्पताल किन जानु भएन ?’

लोकपथ
3.9k
Shares

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित ५ जनालाई थप ४ दिन हिरासता राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

मंगलबार न्यायाधीश हिमलाल बेलबासेको एकल इजलासले लामिछानेसहित ५ जनालाई हिरासतमा राख्न म्याद थप गरेको हो ।

जसमा लामिछानेसहित लीला प्रसाइँ, छविलाल जोशी, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ रहेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । यद्यपि सोमबार नै प्रहरीले तीनै मुद्दामा अनुसन्धानपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । तर सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा अघि बढाउन थप ४ दिन समय आवश्यक रहेको बताएपछि प्रहरीले उनीहरुलाई हिरासतमै राख्न अनुमति मागेको थियो ।

आज आठौँ यानेकी अन्तिम पटक म्याद थपका लागि लामिछानेलाई अदालतमा पुर्याइँदा न्यायाधीश बेलबासेले रविको स्वास्थ्यबारे चासो राखेका थिए । यसअघि लामिछानेको स्वास्थ्य अवस्थामा समस्या देखिँदा पनि अदालत नलगिएको भन्दै आलोचना भएको थियो ।

इजलास बस्नुअघि नै न्यायाधीश बेलबासेले ‘तपाईँ अस्पताल जानु भएन नि ? भनेर सोधेका थिए ।

सो क्रममा लामिछानेले आफू दम्भ र कसैलाई देखाउनका लागि अस्पताल नगएको नभएको बताएका थिए । आफूसँग आत्मविश्वास धेरै रहेका कारण अस्पताल जान आवश्यक नठानेको बताए ।

‘श्रीमान म दम्भका कारण अस्पताल नगएको होइन । मेरो आत्मविश्वास र आत्मबल अलि बढी भएका कारण म अस्पताल नगएको हो । अस्पताल नजिकै थियो, त्यस्तो परिस्थिती आउँदा म जानका लागि तयारी थिएँ, तर मैले कसैलाई देखाउँका लागि होइन कि मेरो आत्मविश्वासले मलाई अस्पताल जान दिएन । त्यसकारण म अस्पताल भर्ना भइन,’ उनले भनेका थिए ।

त्यस्तै लामिछानेले आफू र आफ्नो परिवारमाथि मिडिया ट्रायल भइरहेको भन्दै त्यसलाई रोक्न सक्ने किसिमको आदेश गर्न समेत आग्रह गरेका थिए । न्यायाधीश बेलबासेले भने आफूले त्यसलाई गम्भीर रुपमा लिएको मात्र बताए ।

यता लामिछानेका निजी कानुन व्यवसायीहरुले लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन समेत जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको कारण उनलाई हिरासतमा राख्न नपर्ने तर्क गरेका थिए । अभियुक्तमाथिको अनुसन्धान सकिएको र त्यसको विश्लेषण गरेर र सोधेर अभियोग लगाउने प्रावधान नभएको भन्दै दलिल पेस गरेका थिए ।

लामिछाने गत कार्तिक २ गते लामिछानेलाई प्रहरीले काठमाडौंस्थित रास्वपा कार्यालयबाट पक्राउ गरेको थियो । संगठित अपराधमा प्रहरीले ३ महिना अनुसन्धान गर्न पाउने प्रावधान रहेको थियो । तर सोही प्रकरणमा गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी असोज ६ गते पक्राउ परेर अनुसन्धान अघि बढाएकाले लामिछानेलाई ६० दिन (२ महिना) मात्र अनुसन्धान भएको हो ।

यो पनि…

रविविरुद्ध सम्पत्ति शुद्धीकरण, संगठित अपरासहित तीनवटा अभियोगमा मुद्दा चलाउन प्रहरीको सिफारिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?