ओमोडा ईफाइभले पायो युरो एनक्याप र एनक्यापमा डबल फाइभस्टार सेफ्टि रेटिङ

लोकपथ
14
Shares

काठमाडौं । ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रि ईभी ओमोडा फाइभले विश्वव्यापी सुरक्षा मापदण्डहरूमा फाइभ–स्टार सेफ्टि रेटिङ प्राप्त गर्न सफल भएको छ । ओमोडा फाइभले उत्कृष्ट प्रदर्शन गर्दै युरो एनक्याप र एनक्याप दुवैबाट फाइभ–स्टार सेफ्टि रेटिङ हासिल गरेको हो ।

यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप र एएसईएएन एनक्याप जस्ता प्रमुख सेफ्टि संस्थाहरूबाट फाइभ–स्टार रेटिङ प्राप्त गरेको थियो ।

सुरक्षाको त्यही श्रेणीलाई निरन्तरता दिँदै ओमोडा ईफाइभको बीईभी संस्करणले अन्य परीक्षणको साथ ‘फ्रन्टल अफसेट’ र ‘ओब्लिक पोल टेस्ट’ आदि थप दुर्घटनाका परीक्षणहरू पार गर्दै सुरक्षाका सम्पूर्ण क्षेत्रहरूमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

यसले युरो एनक्यापमा सेफ्टि असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली)को लागि ८८५ अंकका साथ एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा) र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रु सुरक्षा)को लागि ८७५ अंक प्राप्त गर्यो ।

त्यसैगरी, एनक्याप परीक्षणमा ओमोडा ईफाइभले एडल्ट अकुपेन्ट प्रोटेक्सनको लागि ८७५, चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८५ र सुरक्षा सहायताका लागि ८३५ अंक प्राप्त गरेको छ ।

ओमोडा ईफाइभमा ७८५ रेसियो (अनुपात)को ‘हाइ–स्ट्रेन्थ स्टिल बडी’ रहेको छ । जसकारण अत्याधुनिक र अधिकतम सुरक्षा क्षमता सम्भव हुन्छ । गाडीको अगाडीको भागमा ‘अल्ट्रा–हाइ स्ट्रेन्थ स्टिल’ र साइड पिलरमा ‘रिइन्फोस्र्ड स्टिल’ समावेश गरिएको छ । यी सुविधाहरूले गाडी दुर्घटना हुँदा स्टेबिलिटि सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । साथै अगाडीको भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर (डिफर्मेसन) कम गर्दछ । यसले गर्दा गाडीमा सवार सबैको प्रभावकारी सुरक्षा सुरक्षित हुन्छ ।

‘स्टेबल चाइल्ड सिट इन्टरफेस’ र अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा ईफाइभ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट मानिएको छ । ओमोडा ईफाइभमा अत्याधुनिक सक्रिय सुरक्षा प्रविधिहरू पनि रहेको छ । यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रणालीले अन्य सडक यात्रुबाट हुने सम्भावित जोखिमबाट बचाउँदछ । ईफाइभको फराकिलो स्पिड रेन्ज र छिटो रेस्पोन्सले गर्दा कोलिजन रिस्क (दुर्घटनाको जोखिम) न्यूनिकरण गर्ने कम्पनीको दावी छ ।

ओमोडा इफाइभमा ४३० किमीको डब्लुएलटीपी रेञ्ज, २८ मिनेटभित्रै ३०५ बाट ८०५ चार्ज हुने फास्ट रिचार्जिङ सुविधा र शान्त ड्राइभिङ अनुभवका लागि मात्र ६२.९ डेसिबलको नोइज–लेभल (१२० किमी प्रतिघण्टाको स्पिडमा) रहेका छन् । यी विशेषताहरूले गर्दा ओमोडा ईफाइभ विद्युतीय रेन्ज र इफिसियन्सि दुवैको लागि उत्कृष्ट रोजाईको ईभी रहेको ओमोडा एन्ड जेइको अटोमोबाइलको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले जनाएको छ ।

डबल फाइभ–स्टार सेफ्टि रेटिङ र अत्याधुनिक प्रविधिको साथ ओमोडा ईफाइभले इलेक्ट्रिक गाडीको बजारमा सुरक्षा र पर्फमेन्सको लागि नयाँ उचाई हासिल गरेको कम्पनीले दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?