काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेड बीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरे ।
आईएमईले प्रति शेयर एक सय रुपियाँका दरले १२ लाख ५० हजार छ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपियाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।
सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया