एकीकृत समाजवादीमा नेताहरुको कार्यविभाजन, कसलाई के जिम्मेवारी ?

लोकपथ
434
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजन गरेको छ ।

मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले महाधिवेशनको झण्डै साढे ५ महिनापछि कार्यविभाजन गरेको हो ।

जसअनुसार पार्टीका सम्मानित नेता झलनाथ खनालले स्कुल विभागको जिम्मेवारी पाएका छन् । त्यस्तै वरिष्ठ नेता बेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै प्रमेश हमालले विदेश विभाग प्रमुख र घनेन्द्र बस्नेतले राजकीय मामिला विभागको जिम्मा पाएका छन् ।

कार्यविभाजन अनुसार महासचिव घनश्याम भुसाललाई पार्टी गतिविधि अनुगमनको जिम्मेवारी दिइएको छ भने उपमहासचिव राजेन्द्र केसीलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

कार्यविभाजनमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मोर्चा प्रमुख, उपाध्यक्ष जगन्नाथ खतिवडा सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वाला प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राई अनेमसंघ इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशी सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साह मधेस प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यस्तै कार्यलय सचिवको जिम्मेवारी रामकुमार भट्टराई, उपाध्यक्ष मेटमणी चौधरीलाई लुम्बिनी प्रदेश इन्चार्ज र उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्जको जिम्मेवारी दिइएको छ भने पार्टी सचिव श्रीनाथ बरालले गण्डकी प्रदेश इन्चार्ज र अर्का सचिव चन्द्रबहादुर शाहीले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

त्यस्तै राकुमारी झाँक्रीलाई विद्यार्थी इन्चार्जको जिम्मेवारी दिइँदा युवा इन्चार्जको जिम्मेवारी लक्ष्मण केसीलाई दिइएको छ ।

एकीकृत समाजवादीले स्थायी कमिटी मार्फत गरेको कार्यविभाजनको निर्णय भने आज सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?