एक मिनेट चार्जमा एक घण्टा कलसहित यस्ता छन् ‘रियलमी सी६३’ नयाँ भेरिएन्टका विशेषताहरू 

लोकपथ
126
Shares

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले ‘रियलमी सी६३’ को ४+६४ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सी६३ मा ६.७४ को एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन् । 

फास्टेस्ट एभर ४५ वाट सुपर भोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बढी र भिगन फिनिसका साथ आएको यस रियलमी सी६३ को ४+ ६४ जीवी भेरिएन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ ।

रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिस गिरीले नेपाली बजारमा रियलमी सी६३ को यो भेरिएन्टले प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने बताए । उनले सी६३ को ४+ ६४ जीवी भेरियन्ट झनै किफायती मूल्यमा ल्याएको जानकारी दिए ।

फास्ट चार्जिङ र शक्तिशाली ब्याट्री

४५ वाटको सुपर भोक चार्जर रहेको रियलमी सी६३ छिटै चार्ज गर्न सकिन्छ । साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई एक चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ । ३८ दिनको स्ट्यान्डबाई टाइम भएको रियलमी सी६३ लाई एक मिनेट चार्ज गर्दा एक घण्टासम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ । 

३८ प्रकारका चार्ज प्रोटेक्शन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ रियलमी सी६३ ले केवल छिटो चार्जिङ मात्र होइन, उच्च सुरक्षा पनि सुनिश्चित गर्दछ । विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पुरा गरेको यस स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभर भरपर्दो पावर उपलब्ध गराउँछ ।

आकर्षक डिजाइन र उच्चतम अडियो

७.७४ मिलिमिटर चौडाइ भएको रियलमी सी६३ जेड ग्रिन र लेदर ब्लु कलरमा डिजाइन गरिएको छ । केवल १९१ ग्राम तौल भएको यो फोन चलाउन पनि उत्तिकै सहज भएको कम्पनीले जनाएको छ । वान–माइक नआइज क्यान्सलेशन र सुपर लिनियर मोनो स्पिकरहरू पनि भएको हुँदा यसको अडियो क्वालिटी पनि राम्रो रहेको छ । साथमा यसले म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपल इफेक्ट पनि प्रदान गर्दछ । 

टिकाउ एवम् उत्कृष्ट प्रदर्शन

रियलमी सी६३ लाई दीर्घकालीन प्रयोगको लागि विशेष रूपमा डिजाइन गरिएको छ । यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ जसले ४ वर्षसम्म बिना कुनै रोकावट र ल्याग–फ्री प्रदर्शन सुनिश्चित गर्दछ । यो स्मार्टफोन अक्टा–कोर चिपसेटद्वारा निर्माण भएको छ जसमा ४+४ जीवीको डाइनामिक -याम र १२८ जीवीसम्मको स्टोरेज अप्सन रहेको छ जुन ग्राहकका लागि अधिकतम हुन्छ ।

रियलमी सी६३ मा एआई बुस्ट प्रविधि रहेको छ जसले गेमिङ र मल्टिटास्किङलाई थप प्रभावकारी बनाउँछ । स्मुथ बुस्ट प्रविधिले एपहरू छिटो लन्च गर्न र सहज रूपमा स्विच गर्न मद्दत गर्दछ भने गेम बुस्टले गेमिङको स्थिरतामा १०% सुधार गर्दै फ्रेम रेटलाई अझ स्थिर बनाउँछ ।

आई कम्फर्ट डिस्प्ले र उत्कृष्ट अडियो अनुभव 

रियलमी सी६३ को ६.७४५ इन्च डिस्प्लेमा जीवन्त दृश्यहरू देख्न पाइन्छ । यसमा ५६० निट्स (एचबीएम) सम्मको ब्राइटनेस पनि समेटिएकोले सबै खाले लाइटिङ कन्डिसनमा यसको प्रयोग मजाले गर्न सकिन्छ । स्क्रिन टु बडी ९०.३ प्रतिशतको साथमा १६००८७२० को एचडी रिजोलुसन र ९० हर्जको रिफ्रेस रेटको साथ रियलमी सी६३ ले इमर्सिभ डिस्प्ले अनुभव प्रदान गर्दछ । साथै यसको डिस्प्लेले १८० हर्जसम्मको टच स्याम्प्लिङ रेटलाई पनि सपोर्ट गर्दछ । उत्कृष्ट अडियो अनुभवका लागि २०० प्रतिशत क्षमताको अल्ट्रा बुम स्पिकर उपलब्ध रहेको छ । 

एडभान्स क्यामेरा सिस्टम 

रियलमी सी६३ मा ५० मेगापिक्सेलको एआई क्यामेरा रहेको छ । साथमा ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्दछ । यसमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गुगल लेन्स जस्ता फिचरहरू पनि समावेश रहेको छ ।  साथै ७२० पिक्सेलको भिडियो ३० एफपीएसमा पनि यसको क्यामराले खिच्न सक्छ । 

आधुनिक जीवनशैलीका लागि नवीनतम विशेषताहरू

रियलमी सी६३ मा एयर जेस्चर प्रविधि रहेको छ जसले प्रयोगकर्ताहरूलाई फोन नछोईकनै कल उठाउन वा सामाजिक सञ्जालमा ब्राउज गर्न सक्ने सुविधा प्रदान गर्दछ । डायनामिक बटनले थप सहजता दिनका लागि अनुकूलन गर्न मिल्ने सर्टकट उपलब्ध गराउँछ भने राइडिङ मोडले यात्राको क्रममा थप सुरक्षित बनाउँछ । एआई न्वाइज रिडक्सन कल फिचरको माध्यमबाट रियलमी सी६३ ले वरपरको अवाञ्छित आवाजलाई दबाएर नोइजी वातावरणमा पनि स्पष्ट र क्लियर कलको अनुभव दिन्छ ।

दैनिक जीवनका चुनौतीहरू सामना गर्न तयार

आईपी ५४ वाटर रेजिस्टेन्ट रेटिङको प्रमाणपत्र प्राप्त गरेको रियलमी सी६३ स्प्ल्यास–प्रुफ र डस्ट–प्रुफ छ । यसमा ५ लाख पटक पावर बटन थिच्ने परीक्षण, २० हजार पटक चार्जिङ पोर्ट परीक्षण र ड्रप टेस्ट जस्ता कडा परीक्षणहरूबाट प्रमाणित भएको छ । यसको बलियो बनावटले लामो समयसम्म टिकाउपन  सुनिश्चित गर्दछ ।

कनेक्टिभिटी र नेभिगेसन 

रियलमी सी६३ ले डुअल सिम मोड सपोर्ट गर्दछ । साथै ५ गिगाहर्जको वाई–फाई, ब्लुटुथ ५.० सहित जीपीएस, ग्लोनास, बीडीएस र ग्यालिलिओ लगायतका नवीन नेभिगेसन फिचरहरू पनि यस स्मार्टफोनमा उपलब्ध छन् ।

पृथक युजर एक्स्पेरियन्स

एन्ड्रोइड १४ मा आधारित रियलमी सी६३ मा रियलमी युआई समावेश रहेको छ । विभिन्न कस्टोमाइजेशन र प्राइभेसी अप्सनहरूको सुविधासहित प्रयोगकर्ताको अनुभवलाई फरक बनाउने कम्पनीले जनाएको छ । 

मूल्य र उपलब्धता

रियलमी सी६३ को ४+ ६४ जीवी स्टोरेज भेरिएन्ट १४ हजार ४९९ मा नेपालभर उपलब्ध रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?