सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा डा. जितेन्द्र उपाध्याय

लोकपथ
84
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख राजनीतिक सल्लाहकारमा कैलालीका डा.जितेन्द्र उपाध्याय नियुक्त भएका छन् ।

मुख्यमन्त्री शाहले उपाध्यायलाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधासम्बन्धी कार्यविधि, २०८१ को दफा ३, उपदफा १ (क) बमोजिम नियुक्त गरेका हुन् ।

उनलाई पुस ३ गते (आजैबाट) लागु हुनेगरी मुख्यमन्त्री नियुक्त गरिएको र पारिश्रमिक तथासुविधा सोही कार्यविधिको दफा ९ एवं अनुसूची–२ बमोजिम हुनेछ ।

उपाध्याय नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुन् । उनी राजनीतिक साथै प्राज्ञिक व्यक्तित्व समेत हुन् । उनले बंगलादेश, दक्षिण कोरिया, क्यानडा लगायत अन्य विभिन्न मुलुकमा पुगेर अध्ययन तथा अध्यापन गरिसकेका छन् ।

यसअघि नास्टमा वैज्ञानिक भएर काम समेत गरिसकेका उनी पछिल्ला केही वर्षदेखि क्यानडाको एक प्रशिद्ध विश्वविद्यालयमा अध्यापन गराइरहेका थिए । उपाध्याय केही दिनअघि मात्र नेपाल फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?