काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई कुल ३.८४ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकका शेयरधनीहरुले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ३.६५ प्रतिशतले हुन आउने १२ करोड ५२ लाख ८४ हजार रुपैयाँ बराबरको बोनस शेयर पाउने भएका छन् ।
यसैगरी, बैंकले बोनस शेयर कर प्रयोजनका लागि ०.१९ प्रतिशतको हुन आउने ६५ लाख ९३ हजार ९१७ रुपैयाँ नगद वितरण्या गर्ने जनाएको छ । बैंकको चुक्ता पुँजी तीन अर्ब ४३ करोड नौ लाख रुपैयँ रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने पनि बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया