करेन्ट लागेर मृत्यु

लोकपथ
63
Shares

सुनसरी । करेन्ट लागेर एक जनाको  मृत्यु  भएको छ ।  देवानगंज गाउँपालिका-३ बस्ने ३५ वर्षीय राजा कृष्ण मेहताको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो । 

आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै करेन्ट लागेर घाइते भएका उनकै छोरा करण मेहतालाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?