शेयर बजारमा भएन सुधार, नेप्से ५.६० विन्दुले घटेर २६२८.२६ अंकमा

लोकपथ
49
Shares

काठमाडौं । शेयर बजारमा आज बुधबार पनि सुधार देखिएन । मंगलबार झिनो अंकले बढेको बजार बुधबार फेरी तल झरेको हो ।

यस दिन नेप्से सूचक ५.६० विन्दुले घटेर २६२८.२६ अंकमा अडिएको छ । बुधबार सूचकसँगै कारोबार रकम पनि सुस्त हुँदै गइरहेको छ। यस दिन नेप्सेमा चार अर्ब २७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

यस दिन दुई कम्पनीले सकारात्मक सर्किट लेबलमा कारोबार गरेका छन् । उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएका हुन्।

यस दिन ३१४ कम्पनीको ८१ लाख ४७ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा जानकी फाइनान्स अग्रस्थानमा रह्यो । सो फाइनान्सको १५ करोड ५९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। कारोबार रकमका आधारमा दोस्रो र तेस्रोमा रिभल्सफल्स पावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट रहे ।

कारोबारमा आएका १३ समूह मध्ये तीन वटा समूहका सूचक मात्र बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?