सामाजिक अपराधजन्य घटनामा वृद्धि, कार्तिक मसान्त सम्ममा जबरजस्ती करणीको मात्रै १८६ मुद्दा दर्ता

लोकपथ
42
Shares

काठमाडौं । पछिल्ला सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष ९२०८१/८२०को पहिलो चौमासिकको तथ्यांक सार्वजनिक गर्दै सामाजिक अपराधका घटनाहरु बढ्दो क्रममा रहेको जनाएको हो । 

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले दैनिक औसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको बताए । उनले आत्महत्याका दैनिक २० वटा घटना र जबरजस्तीकरणीका दैनिक ७ वटा मुद्दा दर्ता हुने गरेको बताए । उनले गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा अपराधका घटनाहरु बढेको बताए ।

उनले कर्तव्य ज्यानमा गत वर्षको यो अवधिमा १९३ मुद्दा दर्ता भएकोमा यो वर्ष १९२ मुद्दा दर्ता भएको बताए । त्यस्तै जबरजस्तीकरणीमा कार्तिक मसान्तसम्म ८२३ वटा मुद्दाहरु दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ८०९ वटा मुद्दाहरु दर्ता भएका थिए । जबरजस्ती करणीको उद्योगमा गत आर्थिक वर्षको पहिलो चार महिनामा १६३ मुद्दाहरु दर्ता भएकोमा यस वर्षको सोही अवधिमा बढेर १८६ वटा पुगेको छ । संगठिक अपराधमा गत वर्ष ५ वटा मुद्दा परेकोमा यस वर्ष ३९ मुद्दा दर्ता भएका छन् । लागु औषधसम्बन्धी मुद्दाहरु गत आर्थिक वर्षको पहिलो चौमासिकमा १ हजार ३६९ रहेकोमा अहिले बढेर १ हजार ६१९ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?