काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । आज न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।
प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । सो रिट निवेदनमाथि बुधबार सुनुवाइ भएको हो ।
पछिल्लो पटक जिल्ला अदालतले साइवर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईंका छोरा नीराजन सर्वोच्च पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया