काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातपातलाई ऐंजेरुको रुपमा चित्रण गर्दै यो नचाहिने कुरा भएको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल उत्पिडित जातिय मुक्ति समाजको ३७औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबैभन्दा पहिला मानिस हौँ भन्नेकुरा बुझ्न जरुरी रहेको बताए । उनले मानिस सबै बराबर हुने बताउँदै जातपात नचाहिने कुरा भएको उल्लेख गरे।
उनले एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा ठिक तरिका छान्न नसक्दा जातपातका रुपमा गलत तरिका प्रवेश गरेको बताए । उनले जातियता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा भएको बताए । जातपात र छुवाछुतलाई फेदैमा लुछेर फालिदिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया