उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइन : उर्जामन्त्री खड्का

लोकपथ
98
Shares
फाइल तस्बिर

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन् । बुधबार औद्योगिक व्यापार मेला बुटवल-२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले महसुस उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने बताए । उनले साथै व्यवसायीहरूको इमानदारिताको आवश्यकता रहेको पनि बताए ।

उनले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको बताए । क्षणभरमा सकिने काम १० औँ वर्षदेखि अल्झाएर राखिएको उनको भनाइ छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?