काठमाडौं । नेकपा एमालेले आफ्ना सबै विभागका प्रमुखहरुलाई विभागीय कामको रिपोर्ट बुझाउन निर्देशन दिएको छ ।
आज केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलको अध्यतामा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख र पार्टी सचिवहरुको उपस्थिती रहेको थियो ।
बैठकमा पार्टीविरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने र पार्टीको कामलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको महासचिव पोखरेलले जानकारी दिए ।
‘केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरुको संयुक्त बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ । बैठकले पार्टीका विरुद्धको घेरावन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने र पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्वपूर्ण छलफल गरेको छ । बैठकले पौष १५ गते भित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया