काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरी घटेको छ । यस दिन अर्थात पुस ४ गते नेपाली बजारमा सुन प्रतितोला एक हजार ७०० ले घटेको छ भने चाँदी तोलामा ५५ रुपैयँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइहरेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया