महोत्तरीमा आगलागी, १० लाख बढीको क्षति

लोकपथ
49
Shares

काठमाडौं । महोत्तरीमा विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ । नगरपालिका-१ स्थित औरहीबजारमा १० लाख बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

फूलोदेवी मण्डल र खुर्शिद लहेरीको शृङ्गार सामग्री पसलमा बुधबार राति विद्युत् सट भई आगलागी भएको थियो ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मण्डलको काठको कठघरा र लहेरीको कच्ची इँटाको पसल घरमा आगलागी भएको हो । गत मंसिरमा बर्दिबास-१४ स्थित इलेक्ट्रिक पसलमा आगलागी हुँदा एक करोड बढीको धनमाल क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?