युवाहरूलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्छ : मन्त्री भट्टराई

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपालमा अनुसन्धानको इकोसिस्टमलाई सुदृढ पार्नुपर्ने महत्त्वपूर्ण चुनौती रहेको बताएकी छन् । 

बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री भट्टराईले अत्याधुनिक प्रयोगशालाहरूमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताएकी  हुन् । 

अनुसन्धान परियोजनाहरूका लागि पर्याप्त रकम उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । उनले नेपाली वैज्ञानिकहरूको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनुपर्ने आजको आवश्यकता भएको उल्लेख गरे । उनले दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताइन् ।

नवप्रवर्द्धनको संस्कृतिलाई बढवा दिन युवाहरूलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्ने बताइन् । विज्ञान शिक्षा विद्यालय स्तरबाटै सुरु गरिरहेको भन्दै हातमा सिकाई, आलोचनात्मक सोच, उद्यमशीलता र नवप्रवर्तन आज हामीले केन्द्रित हुनुपर्ने विषय बनेको बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?