इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै

लोकपथ
42
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपालले स्थापनाको २५औँ वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आगामी माघ ४ गते २५ औँ वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले लिडिङ ‘द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित इप्पान रजत जयन्ती मनाउन लागेको बताएका हुन् । उनले लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको ऊर्जा उद्यमीको उपलब्धी र प्रगतिहरु जानकारी दिने गरी रजत जयन्ती मनाउन लागेको बताए ।

उनले देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत् निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले देशको कुल विद्युत् जडित क्षमता करिब ३ हजार ३ सय मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै २६ सय मेगावाट अर्थात् विद्युत् उत्पादन क्षमताको करिब ८० प्रतिशत विद्युत् उत्पादन भएको बताए । उनले इप्पानले रजत जयन्ती २०८१ आगामी माघ ४ गते काठमाडौंमा गर्ने बताए। उनले रजत जयन्तीको अवसरमा विभिन्न क्रियाकलापहरू आयोजना गरिएको बताए । उनले रजत जयन्तीमा प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री र ऊर्जा मन्त्रीको समेत सहभागिता रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?