मलेसियाको सिन्डिकेट तोडिएपछि मेडिकल व्यवसायी संघको यस्तो अपिल

लोकपथ
126
Shares

काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघले मलेसियामा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षणमा हुने गरेको सिण्डिकेट तोडिएपछि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ ।

वैदेशिक रोजगारीमा जानेहरुको मेडिकल जाँचका लागि १९४ वटा स्वास्थ्य संस्था सूचीकृत रहेकोमा ३६ वटाले मात्रै मलेसिया जानेहरुको मेडिकल जाँच गरिरहेका थिए ।

विभिन्न चलखेलका कारण सूचीकृत भएका सबै स्वास्थ्य संस्थाले मेडिकल जाँच गर्न सिन्डिकेट लगाइएको भन्दै नेपाल मेडिकल व्यवसायी संघले विभिन्न निकायको ध्यानाकर्षण गराएको थियो ।

लामो समय मलेसियाको सिन्डिकेट तोड्न लागि परेको नेपाल मेडिकल व्यवसायी संघले आफ्ना मागहरु पूरा भएको भन्दै सहयोग गर्नेहरुप्रति आधार व्यक्त गरेको छ ।

केही दिनअघि मात्रै मलेसिया सरकारले सूचीकृत सबै स्वास्थ्य संस्थाले मलेसिया जाने श्रमिकहरुको मेडिकल परीक्षण गर्न पाउने प्रबन्ध गर्न पत्राचार गरेको थियो । त्यससँगै मेडिकल व्यवसायी संघका अध्यक्ष तारानाथ अर्याल र महासचिव कृष्णप्रसाद बजगाँईंले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल सरकारले पनि आधिकारिक रुपमा त्यसको सूचना जारी गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?