सिन्धुली । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका-४ बैरा बस्ने ६० वर्षीय मल्लु अधिकारीको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो ।
कमला खोलास्थित रहेको सिँचाईको मोटर चलाई करेसा बारीमा पानी हाल्न जाने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल आमा मेमोरियल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया