‘पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक’

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दिगो पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक रहेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री दाहालले निर्माण व्यवसाय रोकिँदा अर्थतन्त्र चलायमान नहुने उल्लेख गर्दै भने, ‘जनताको आकाङ्क्षा अनुसारका कामहरू अझै हुन सकिरहेका छैनन् । विकासका आयोजना छनोट गर्न समस्या छ’, उनले भने, ‘प्राथमिकता प्राप्त आयोजनालाई नै प्राथामिकता दिएका छैनौ । जनताको गतिविधि हुने आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्छ ।’

यसैगरी कर प्रणालीलाई सहयोग गर्ने तथा जनताले उत्पादनलाई बजारसम्म ल्याउने किसिमका आयोजनालाई प्राथामिकता दिनुपर्ने मन्त्री दाहालको भनाइ थियो । जनताको जीवनस्तर उकास्ने आयोजना छनोट र सम्पन्न गर्नुपर्ने उनले बताए । निर्माण व्यवसायीले नियमअनुसार काम गरेको भुक्तानी चाँडै पाउने उनले बताए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?