काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपी (विश्वेश्वरप्रसाद कोइराला) को नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीभित्र नेताहरुलाई आफूलाई भन्न मन लागेको कुराहरु विपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले पार्टीका नेता, कार्यकर्ताहरुले विपीले यस्तो भन्नुहुन्थ्यो भन्नु छ भने अरुले भनेको सुनेको आधारमा भन्न नहुने बताए । उनले रिफ्रेन्समा प्रयोग गर्न पाइने भए पनि आफैँले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गरे।
आफूलाई भनेको कुरा विपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने गरेको आरोप लगाए । महामन्त्री थापाले राज्यको धर्म जनतालाई न्याय दिनु भएको बताए । उनले धर्मको सामाजिक पक्षलाई ग्रहण गरेर व्यवहारमा उतार्नु नै राजनीतिको काम भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया